अपराध

हातहतियारसहित एक जना पक्राउ, तीन जना फरार

इकागज |
पुस ३०, २०७८ शुक्रबार १७:२६ बजे

मोरङ – मोरङमा हातहतियारसहित पक्राउ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  मिक्लाजुङ गाउँपालिका–५ बस्ने ६० वर्षीय ईन्द्र बहादुर राई रहेका छन् । 

राईलाई ३ थान भरुवा बन्दुक, २ डब्बा बारुद, १८ थान गोली, ५ पोका छर्रा, १ थान खुकुरी र १ थान गुलेलीसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 


लेटाङ नगरपालिका–९ बशन्त हरियाली सामुदायिक वनमा उनी समेत ४ जना व्यक्तिहरूले उक्त हातहतियार लिएर हिँडिरहेको अवस्थामा फेला पारी अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरीका कार्यालय मोरङका अनुसार हाल फरार रहेका अन्य ३ जनाको खोजी भइरहेको छ ।


Author

थप समाचार
x