अपराध

कस्तुरीको बिना जस्तो देखिने वस्तुसहित पक्राउ

इकागज |
माघ २, २०७८ आइतबार १३:४६ बजे

जाजरकोट- नलगाड नगरपालिका-११ चौखा बजारबाट १ थान कस्तुरीको बिना जस्तो देखिने बस्तुसहित सोही नगरपालिका-१० ध्यारगाउँ बस्ने ४५ वर्षीय दिल्लीबहादुर ध्यारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ध्यारले कस्तुरीको बिना साथमा लिई हिँडिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीले उनलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Author

थप समाचार
x