कूटनीति

विदेशी अधिकारीसँग विकास सहायता र आर्थिक कूटनीतिमा छलफल भयो : परराष्ट्रमन्त्री पौड्याल

इकागज |
माघ २७, २०७९ शुक्रबार १८:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले नेपाल भ्रमणमा आउने विदेशी अधिकारीहरूसँग सरकारले विकास सहायता र आर्थिक कूटनीतिमा छलफल गरेको बताएकी छन् ।

शुक्रबार संसद्को दुवै सदनको बैठकपछि संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री पौड्यालले नेपाल भ्रमणमा आउने गरेका विदेशी अधिकारीहरूसँग विकास सहायता र आर्थिक कूटनीतिको कुरा भएको बताएकी हुन् । उनले दुई देशबीचका व्यापार सम्बन्धको विषयमा पनि कुरा भएको उल्लेख गरिन् ।


मन्त्री पौड्यालले भूराजनीतिक विषयमा कुनै पनि भ्रमणमा कुरा नभएको स्पष्ट पारिन् ।

उनले आफूहरूले मित्र राष्ट्रहरूलाई विकास साझेदार ठानेको बताइन् । विकास र कूटनीतिमा सहयोग मागेको पनि उनले बताइन् ।


Author

थप समाचार
x