कूटनीति

रवि लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

इकागज |
जेठ ३०, २०८० मंगलबार १५:२८ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि  इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।

आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरूबीच संक्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् । 


उनका अनुसार भेटवार्तामा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको थियो । त्यस अबसरमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी थिए । 


Author

थप समाचार
x