कूटनीति

प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपति रनिलबीच भेट

इकागज |
असोज ३, २०८० बुधबार ७:३ बजे

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ । 

भेटका अवसरमा दुबैबीच नेपाल र श्रीलङ्काबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बीचमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।



Author

थप समाचार
x