कूटनीति

राष्ट्रसङ्घका महासचिवको भ्रमणको तयारी पूरा

इकागज |
कात्तिक ११, २०८० शनिबार १८:५८ बजे

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा उनी चारदिने भ्रमणमा आज राति नेपाल आउँदै छन् ।  

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उनको सुरक्षा व्यवस्था गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ ।


भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुका साथै पूर्वप्रधानमन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् । उनले काठमाडौँ उपत्यकाका पुरातात्त्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस


Author

थप समाचार
x