कूटनीति

कतारी राजाको नेपाल भ्रमण स्थगित

इकागज |
कात्तिक १५, २०८० बुधबार ११:४० बजे

फाइल तस्बिर

काठमाडौँ- कतारका अमिर शेख बिन हमाद अल थानीको नेपाल भ्रमण स्थगित भएको छ । यसअघि उनले कात्तिक २० देखि २१ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको समाचारमा इकागजमा प्रकाशन भएको थियो । 

पश्चिम एसियामा इजरायल र प्यालेस्टाइन विद्रोही समूह हमासबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको परराष्ट्र मन्त्रालयका एक कर्मचारीले इकागजलाई जानकारी दिए ।


कतारस्थित नेपाली दूतावासका अनुसार हाललाई नेपाल र अन्य दुई देशको भ्रमण स्थगित भएको छ । मध्यपूर्वमा भईरहेको इजरायल प्यालेस्टाइन द्वन्द्वका कारण अमिरको भ्रमण पुनः अनुकुल समयमा मिति तय गर्ने गरि स्थगित भएको हो ।

 

 


Author

थप समाचार
x