कूटनीति

भारतीय विदेशमन्त्री जयशकंरले गरे पशुपतिनाथ मन्दिरमा पूजा

इकागज |
पुस २०, २०८० शुक्रबार १०:२३ बजे

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशकंरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री डा. जयशकंरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए । 



Author

थप समाचार
x