कूटनीति

उपप्रधानमन्त्री श्रेष्ठसँग रुसी महासंघका राजदूत नोभिकोभबीच भेटवार्ता

इकागज |
फागुन २९, २०८० मंगलबार १८:८ बजे

काठमाडौँ- नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् । 

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गर्न, मृत्यु भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन र मृत्यु भएकाका परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि आग्रह गरेका थिए । 


भेटमा राजदूत नोभिकोभले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x