कूटनीति

अमेरिकाले भन्‍यो- प्रेस स्वतन्त्रताका लागि नेपाल सरकार र जनताले सार्थक संवाद गर्ने आशा छ

इकागज |
जेठ ९, २०८१ बुधबार १२:५० बजे

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ ।

बुधबार बिहान सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै अमेरिकी दूतावासले 'अझ परिपूर्ण मुलुक' बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू भएको बताएको हो ।


अमेरिकी दूतावासले भनेको छ 'अझ परिपूर्ण मुलुक' बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दैगर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।'

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा मंगलबार मात्रै पक्राउ गरी आज अदालत बुझाइएको छ । मंगलबार सिरोहिया पक्राउ पर्नु र बुधबार नै अमेरिकी दूतावासले प्रेस प्रेस स्वतन्त्रताको कुरा उठाएको हो । 

र, यो पनि


Author

थप समाचार
x