रोग र उपचार

उपत्यकामा तीन महिलासहित थप चार जनामा हैजा पुष्‍टि

इकागज |
असार २४, २०७९ शुक्रबार १४:३१ बजे

काठमाडौँ-  उपत्यकामा थप तीन महिला र एक पुरूषसहित चार जनामा हैजा संक्रमण पुष्टि भएको छ । कागेश्वरी नगरपालिकाको वडा ६ मा ३ र ललितपुर महानगरपालिकाको वडा २८ को हरिसिद्बिमा १ जनामा हैजा पुष्ट देखिएको छ ।

कागेश्वरीमा दुई २४, ५२ वर्षीया महिला र एक १० वर्षीय बालकमा हैजा देखिएको हो । त्यस्तै ललितपुरमा ६२ वर्षीया महिलामा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।


ललितपुरमा देखिएको महिलालाई सुमेरु अस्पतालमा राखी उपचार भइरहेको छ ।  यो सँगै काठमाडौँ उपत्यकामा हैजाका संक्रमितको संख्या २७ पुगेको छ । हिजोसम्म २३ जनामा हैजा संक्रमण पुष्टि भएको थियो ।


Author

थप समाचार
x