रोग र उपचार

अब प्रदेश अस्पतालमै मुटु रोगको विशेषज्ञ सेवा

इकागज |
भदौ २४, २०८० आइतबार १५:८ बजे

सुर्खेत - अब देखि कर्णाली प्रदेश अस्पतालमा पनि मुटु रोगको विशेषज्ञ सेवा सेवा सञ्चालनमा आएको छ । अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले मुटु रोग सम्बन्धी समस्या भएका बिरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले मुटुरोग सम्बन्धी ओपिडी सेवाको सुरुवात गरिएको जानकारी दिए । 

सुर्खेतमै मुटु रोगको विशेषज्ञ सेवा सुरू भएपछि अब उपचारका लागि बाहिर जानुपर्ने वाध्यताको अन्त्य हुने भएको छ । अस्पतालमा मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा नहुँदा बिरामीहरू काठमाडौं तथा भारतको लखनउसम्म जाने बाध्य भएका थिए । 


मुटु रोग विशेषज्ञ सेवासँगै प्रदेश अस्पतालमा अन्य सेवाहरु पनि थपिएका छन् । अस्पतालले पछिल्लो समय एकपछि अर्को विशेषज्ञ सेवा थपिन थालेको छ । अस्पतालले केही महिना अघि सफल मृगौला प्रत्यारोपण गरे पश्चात् एक साता यता मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ । 


Author

थप समाचार
x