रोग र उपचार

डा. शेखरले गरे "रेवन्त- रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट" काे उद्घाटन

इकागज |
माघ २१, २०८० आइतबार २२:१० बजे

विराटनगर - मोरङको विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार अर्ब लगानीमा क्यान्सर इन्स्टिच्युटको निर्माण गरेको छ ।

आइतबार कांग्रेस नेता डाक्टर शेखर कोइरालाले टंकिसिनवारीमा स्थापना भएको "रेवन्त- रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट" उदघाटनको उद्घाटन गरेका हुन् । 


इन्स्टिच्युटले एक सय शय्या क्यान्सर रोग विभागको लागि छुटयाएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए । जसको लागि चार सय करोड लगानी भएको उनले बताए । अस्पतालले क्यान्सरको उपचारको लागि एक सय करोड बढीको उपकरणहरू ल्याएको जनाएको छ ।

रेवन्त रूपमणी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सम्बन्धी सम्पूर्ण उपचार सेवा दिने उनले बताए ।

 


Author

थप समाचार
x