रोग र उपचार

नवलपुर प्राथमिक अस्पतालको उद्घाटन

इकागज |
माघ २३, २०७८ आइतबार १३:५३ बजे

फाइल फाेटाे

काठमाडौँ-  सिन्धुपाल्चोकको नवलपुर प्राथमिक अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले उद्घाटन गरेका छन् । 

आज एक कार्यक्रमकाबीच लामाले इन्द्रावती गाउँपालिकास्थित नवलपुर अस्पतालको उद्घाटन गरेका हुन् । सबै स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने नीति अनुरुप यो अस्पताल निर्माण भएको हो । 


इन्द्रावतीका नागरिकले सामान्य बिरामी हुँदा पनि धुलिखेल र काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए । 


Author

थप समाचार
x