रङ्गमन्च

उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गर्दै बाल नाटक महोत्सव सम्पन्न

इकागज |
चैत २२, २०७७ आइतबार १२:३६ बजे

काठमाडाैँ :  भर्चुअल बाल नाटक महोत्सवमा तीन नाटक उत्कृष्ट भएका छन् । शैली थिएटरले आयाेजना गरेकाे महाेत्सवमा एभरेष्ट एकेडेमी कैलालीको 'भुमिका' , चुलाचुली रङ्गमन्चको इलामको 'रिट्ठु' र मर्निङ स्टार विद्यालय सुर्खेतको 'अक्षर' नाटक उत्कृष्ट भएकाे हाे । 'भुमिका' नाटकलाई पुष्पराज अवस्थिले निर्देशन गरेका थिए भने, 'रिट्ठु ' र 'अक्षर'  लाई क्रमशः चेतन आङथुपो र रन्जित सिंहले निर्देशन गरेका थिए। उत्कृष्ट तीन नाटकलाई शनिबार डिजिटल प्रमाणपत्र र पन्ध्र हजार नगद प्रदान गरिएको हाे ।  

चैत एक गतेदेखि सुरु भएको महोत्सव चैत १२ गतेसम्म सञ्‍चालन भएको थियाे । १२ दिनमा १२ नाटक भर्चुअल रूपमा मन्चन भएका थिए। महाेत्सवकाे नतिजा भने चैत २१ गते शनिबार साँझ सात बजे भर्चुअल कार्यक्रम मार्फत घोषणा गरिएको थियो। 


त्रि.वि. उप-प्राध्यापक, लेखक तथा समालोचक डा.अशोक थापा र कलाकार,रङ्गकर्मी तथा निर्देशक लुनिभा तुलाधर दुईजना निर्णायक मण्डलले सहभागी नाटकलाई मुल्याङ्कन गरि उत्कृष्ट नाटकको चयन गरेका थिए। निर्णायक मध्येका एक सदस्य डा. अशोक थापाले भने, 'निरन्तर बाह्र वर्ष सम्म बाल नाटक महोत्सव आयोजना गर्नु चानचुने कुरा होईन। अहिलेको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट भएपनी बालनाटक महोत्सव सफलता पुर्वक सम्पन्न गरेकोमा शैली थिएटर लाई धन्यवाद भन्दै पर्छ ।' 

त्यस्तै रङ्गकर्मी लुनिभा तुलाधरका अनुसार तुलानात्मक रुपमा सबै नाटक मुल्याङ्कन गर्दा त्यति धेरै भिन्नता थिएन, तर बिषयबस्तु, प्रस्तुति, अभिनय, सेट, प्रप्स आदिको आधारमा थोरै तलमाथी भने पक्कै थिए।  उनले भनिन्, 'बाल नाटक भएकोले केही संवेदनशील हुनै पर्दछ। वयस्क निर्देशकले आफुले गरेको प्रस्तुतिले बालबालिका नराम्रो असर नगरोस् जिम्मेवार भैदिने हो भने बालनाटकहरु पक्कै राम्रा बन्नेछन।' 

प्रत्येक वर्ष आयोजना हुने बाल नाटक महोत्सवमा शैली थिएटर सँगै नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र रुसि विज्ञान तथा साँस्कृतिक केन्द्रले समेत सहकार्य गर्दै आएका छन्।  बालबालिकाले रङ्गमन्च बारे जान्ने, बुझ्ने र सिक्ने अवसर बालनाटक महोत्सवले थोरै भएपनी पूरा गरेको महसुस गरेका निर्देशक नवराज बुढाथोकीले गरेका छन्।

बालबालिका सँग जोडिएर रङ्गमञ्‍चिय गतिविधि नभएको देखेर बाह्र वर्ष अघि बाल नाटक महोत्सव आयोजना गरेर बालबालिकालाई रङ्गमन्च सम्म ल्याउने प्रयास भएको बुढाथोकीले सुनाए । उनले भने, 'अहिले नाटकघरसम्म बालबालिका आएर नाटक गर्न सहज नभएकै कारण भर्चुअल माध्यमबाट महोत्सव गर्नु परेको हाे  ।'
 


  


Author

थप समाचार
x