शिक्षा

इस्लिङटन कलेजमा नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन

इकागज |
मंसिर २५, २०८० सोमबार २१:५१ बजे

​काठमाडौँ- इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ । लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजित कार्यक्रमबीच केन्द्रको उद्घाटन गरिएको हो ।

उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पनि उपस्थिति रहेको थियो । अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको कलेजले जनाएको छ ।


शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानको आधारमा साइबर सुरक्षा डोमेन भित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने जनाइएको छ । यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेसन केन्द्र, र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधार सुसज्जित रहेको छ ।

अनुसन्धान केन्द्रले नेपालको महत्त्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरू नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्ने कलेजको भनाइ छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो – भाइस चान्सलर नोना म्याकडफले साइबर सुरक्षा शिक्षाको क्षेत्रमा इस्लिङ्टन कलेजको अन्तर्राष्ट्रिय सहकार्य र मान्यताको विषयमा चर्चा गरेकी थिइन् ।

शिक्षा, अनुसन्धान र व्यावहारिक प्रयोगमा केन्द्रित भएर यस केन्द्रले नेपालमा साइबर सुरक्षाको भविष्यलाई दिशा दिन महत्वपूर्ण भूमिका खेल्नेछ विश्वस लिइएको छ । अनुसन्धान केन्द्रले नेपालको महत्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरू नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्नेछ ।

साइबर सुरक्षा क्षेत्रमा सक्रिय रूपमा काम गर्ने इस्लिङ्टन कलेजमा डिजिटल फोरेन्सिक्स का वरिष्ठ शिक्षक र भैरवमा मानव जोखिम मूल्याङ्कन नेतृत्व गरिरहेका मोनिल अधिकारीको यस केन्द्रको स्थापनामा प्रमुख योगदान रहेको छ ।


Author

थप समाचार
x