शिक्षा

काठमाडौँ महानगरले भन्यो : सामुदायिक विद्यालयले आफ्ना शिक्षकलाई विद्यालय समयभित्र अन्य कार्यहरूमा नपठाउनू

इकागज |
बैशाख १३, २०८१ बिहीबार २१:३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले आफ्ना शिक्षकहरूलाई विद्यालय समयभित्र अन्यत्र कार्यहरूमा नपठाउन निर्देशन दिएको छ । 

बुधबार एक सूचना जारी गर्दै महानगरले काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूले आफ्ना विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एस.ई.ई को उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरूमा शिक्षकहरूलाई नपठाउन आग्रह गरेको हो । यस्तै शिक्षकहरूले समेत यसै सूचनालाई आधार मानी विद्यालय समयभित्र विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुन पनि महानगरले सूचनामा उल्लेख गरेको छ । 


महानगरकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलका अनुसार निर्देशनको अवज्ञा गरेको पाइएमा प्रचलित ऐन, कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचित गरिएको छ ।


Author

थप समाचार
x