शिक्षा

ग्राण्ड ग्रामर कल्चरल कार्यक्रम सम्पन्‍न

इकागज |
पुस १८, २०८० बुधबार १२:५८ बजे

काठमाडौँ- राजधानीमा १९औँ ग्राण्ड ग्रामर कल्चरल कार्यक्रम सम्पन्‍न भएको छ । ग्रामर स्कुल तथा कलेजको आयोजनामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठान परिसरमा १९औँ ग्राण्ड ग्रामर कल्चरल कार्यक्रम सम्पन्‍न भएको हो ।

प्सल टु र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा कलेजले सो साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विद्यार्थीहरूले कथा, कविता वाचन, साँस्कृतिक झाँकी, विभिन्‍न भेषभुषा र गरगहनाको प्रदर्शनी, उद्घोषण, नृत्य, गायनलगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।


विद्यार्थीलाई अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न अवसर सिर्जना गर्नेसँगै उनीहरूलाई नेपाली मौलिक कला सँस्कृतिसँग जोड्ने उदेश्य अनुरुप झण्डै दुई दशकदेखि कार्यक्रमको आयोजना गर्दै आएको कलेजका संस्थापक निर्देशक दिलेन्द्र कुमार राईले बताए ।

विद्यार्थीकै नेतृत्वमा आयोजना भएका यस प्रकारका कार्यक्रमले उनीहरूको वैयक्तिक क्षमता, सञ्चार र नेतृत्व विकास जस्ता सीप अभिवृद्धिमा समेत सघाउ पुग्ने निर्देशक राईको भनाई छ ।

कार्यक्रममा विभिन्‍न विधामा उत्कृष्ट सयभन्दा बढी विद्यार्थी सम्मानित भएका थिए । कलेजले हरेक वर्ष ग्राण्ड ग्रामर कल्चरल कार्यक्रम आयोजना गर्दै आएको छ ।


Author

थप समाचार
x