शिक्षा

उच्चशिक्षा छात्रवृत्तिका लागि आयोगले खुलायो आवेदन

इकागज |
माघ ४, २०८० बिहीबार १०:५७ बजे

काठमाडौँ- विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन दिन सूचना जारी गरेको छ । आयोगले फागुन २ गतेभित्र फाराम भर्न एक सूचना जारी गरेको छ ।

अपाङ्गता भएका, आर्थिक रूपले विपन्न वा दलित, शहीद तथा द्वन्द्व पीडितका सन्तति, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने सूचनामा उल्लेख छ ।


आर्थिक वर्ष २०८०/०८१ मा स्नात /स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूले २०८० फाल्गुन २ गते कार्यालय समयभित्र छात्रवृत्तिसम्बन्धी दरखास्त फाराम भर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगबाट छात्रवृत्तिका लागि छनौट भई पहिलो तथा दोस्रो किस्ता प्राप्त गरेका विद्यार्थीले उच्चशिक्षा छात्रवृत्ति व्यवस्थापन निर्देशिका, २०८० को अनुसूची-५ को फारम भरी बाँकी रहेको किस्ता प्राप्तिका लागि प्रगति विवरण (लब्धाङ्क पत्र)समेत संलग्न गरी पेश गर्नु पर्ने जनाएको छ ।


Author

थप समाचार
x