शिक्षा

त्रिविको उपकुलपतिका लागि १४ जनाको सर्ट लिस्ट सार्वजनिक

इकागज |
माघ २६, २०८० शुक्रबार ७:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको सर्ट लिस्ट सार्वजनिक गरेको छ । बिहीबार समितिले १४ जनाको सर्ट लिस्ट सार्वजनिक गरेको हो ।

कुसुम शाक्य, केशरजंग बराल, चित्रबहादुर बुढाथोकी, गोविन्द सुवेदी, ज्ञानेन्द्रप्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा सर्ट लिस्टमा परेका छन् ।


१४ जनामध्येबाट सिफारिस समितिले अन्तरवार्ता र कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति पु्ष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गर्नेछ । 


Author

थप समाचार
x