शिक्षा

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको शपथ

इकागज |
चैत ५, २०८० सोमबार १३:५२ बजे

धनुषा - मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवले प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा अङ्कुर साहलाई आज पद तथा गोपनीयताको शपथ गरा​एका छन् ।

सो अवसरमा मुख्यमन्त्री यादवले नवनियुक्त उपकुलपतिलाई गर्व गर्न लायक काम गर्न निर्देशन दिए ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले डा साहको कार्यकाल अब्बल र सोचेभन्दा राम्रो होस् भनी शुभकामना व्यक्त गरे । 



Author

थप समाचार
x