शिक्षा

४ वर्षे स्नातक तहको आंशिक परीक्षाका लागि त्रिविले निकाल्यो फारम भर्ने सूचना

इकागज |
जेठ २४, २०८१ बिहीबार ७:५७ बजे

काठमाठौँ- त्रिभुवन विश्वविद्यालयले ४ वर्षे स्नातक तह प्रथम वर्ष २०७९ को आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा फारम खुलाएको छ ।

मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका स्नातक तह प्रथम वर्षको परीक्षा दिने आंशिक परीक्षार्थीहरूका लागि आवेदन खुलाएको हो ।


 २०८१ साल जेठ २३ गते देखि २०८१ साल असार २१ गतेसम्ममा नियमित दस्तुर तिरेर आ-आफ्नो क्याम्पसबाट आवेदन फारम भर्न सकिने जनाएको छ ।

त्यस्तै साधारण म्याद सकिएको एक हप्ताभित्र दोव्वर दस्तुरसहित आवेदन फारम भर्न सकिने पनि त्रिविको सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x