शिक्षा

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गर्‍यो नयाँ परीक्षा तालिका

इकागज |
चैत ३, २०८० शनिबार ११:५३ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले गल्ती सच्याएर स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । शुक्रबार साँझ सार्वजनिक भएको बीबीएस दोस्रो वर्षको 'म्याक्रोइकोनोमिक्स फर बिजिनेस' विषयको परीक्षा तालिका मितिमा त्रुटि भेटिएपछि अर्को तालिका सार्वजनिक गरेको हो ।

चार वर्षे मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित परीक्षा २०८० चैत २८ देखि २०८१ वैशाख १६ गतेसम्म हुनेछ ।


शुक्रबार सार्वजनिक गरेको तालिकामा बीबीएस दोस्रो वर्षको परीक्षा तालिका चैत ३१ गतेका लागि तोकिएको छ । चैत महिना ३० गतेको छ ।

 


Author

थप समाचार
x