शिक्षा

त्रिविको दीक्षान्त समारोहमा भाग लिनेहरूले असोज २० गतेसम्म आवेदन दिनुपर्ने

इकागज |
भदौ २०, २०८१ बिहीबार ८:३ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दीक्षान्त समारोहमा भाग लिनेहरूलाई अनलाइन फाराम भर्न सूचना जारी गरेको छ ।

२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएच.डी) तह पूरा गर्नेहरूलाई फाराम भर्न सूचना जारी गरेको हो ।


आवदेन भदौ २० गतेदेखि www।convocation.tuexam.edu.np बाट भर्न सकिने सूचनामा उल्लेख छ ।

असोज २४ गतेबाट अनलाइन फाराम बन्द हुनेछ ।


Author

थप समाचार
x