शिक्षा

मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी

इकागज |
साउन ७, २०७८ बिहीबार १६:९ बजे

सुर्खेत - संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । आफूहरूको १८ बुँदे मागप्रति क्याम्पस प्रशासन उदासीन रहेको भन्दै बिहीबार स‌युक्‍त विद्यार्थी संगठनले तालाबन्दी गरेको हो ।

माग सम्बोधन गर्न माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, भिसी कार्यालय, रजिस्ट्रार कार्यालय सम्पूर्ण डिन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधी संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय, ल क्याम्पस र इन्जिनियरिङ संकायमा अनिश्चितकालीन तालाबन्दी गरिएको अनेरास्ववियू (क्रान्तिकारी)की नेतृ ममता अधिकारीले जानकारी दिइन्  । उनले विद्यार्थीको भविष्यमाथि विश्वविद्यालयले खेलवाड गर्न खोजेकोे समेत आरोप लगाइन् । विश्वविद्यालय प्रशासनले विद्यार्थीका मागलाई अझै सम्बेधन नगरेसशक्त आन्दोलन गर्ने चेतावनी दिइन । केहीदिन अघि संयुक्त विद्यार्थी संगठनलेनै विश्वविद्यालयका भिसीको पुत्लासमेत दहन समेत गरेको थियो । 



Author

थप समाचार
x