शिक्षा

करारलाई स्थायी गर्ने त्रिविको निर्णय बदर गर्न पूर्वउपकूलपतिको माग

इकागज |
मंसिर २०, २०७८ सोमबार २०:३३ बजे

फाइल फोटो

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिले करार सेवामा कार्यरत उपप्राध्यापक र कर्मचारीलाई सोझै स्थायी गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।  त्रिविका पाँच पुर्वउपकुलपतिले सोमबार विज्ञप्ति निकालेर अस्थायी कर्मचारी र उपप्राध्यापकलाई प्रतिष्पर्धाविना नै स्थायी गर्ने निर्णयमा आपत्ति जनाएका हुन् ।

पुर्वउपकुलपति केदारभक्त माथेमा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी, नविनप्रकाश जङ्ग शाह र हीराबहादुर महर्जनले सोमबार बिहीबार विज्ञप्ति निकालेर त्रिविले गरेको निर्णय बदर गर्न माग गरेका छन् ।


‘‘त्रिविले विगत १० वर्षदेखि करारमा कार्यरत तर यसअघिका प्रतियोगीताहरुमा उतीर्ण गर्न नसकेका ४८० जना व्‍यक्तिहरुलाई मात्र परीक्षामा सामेल गराइ स्थायी निर्णय गर्नु अत्यन्त दुर्भाग्‍य हो,’ पूर्वउपकूलपतिहरुले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि सभाको उक्त आत्मघाती निर्णय कार्यान्वयन नगर्न र त्रिवि सभाको विशेष बैठक बोलाएर उक्त निर्णय बदर गर्न त्रिवि प्रशासनलाई हाम्रो गम्भीर सुझाव छ।’

पछिल्लो समय राजनीतिक भर्तीकेन्द्रका आधारमा करारलाई स्थायी गर्ने त्रिविको निर्णयको चौतर्फी विरोध भइरहेको छ ।


Author

थप समाचार
x