स्थानीय तह निर्वाचन २०७९

लमजुङको तीन स्थानीय तहमा पुरानै अनुहार दाहोरिए​

इकागज |
जेठ ८, २०७९ आइतबार १९:१ बजे

लमजुङ- लमजुङका तीन स्थानीय तह प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् । ८ स्थानीय तह रहेको लमजुङको बेँशीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र  मर्स्याङ्दी गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका हुन् ।

जिल्लाको राइनास नगरपालिका प्रमुखमा पुरानै अनुहार उम्मेदवार बने पनि उनी पराजय भएका छन् । जिल्लाको ८ स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख दोहोरिन चाहेका थिए । बेँसीशहर नगरपालिकामा एमालेका गुमानसिंह अर्याल पुनः प्रमुखमा निर्वाचित भएर पदभार ग्रहण गरिसकेका छन् । उनले नेपाली कांग्रेसका श्रीकान्त घिमिरेलाई हराएका हुन् ।


जिल्लाको मध्यनेपाल नगरपालिकामा कांग्रेसका रमेशकुमार पाण्डे विजयी भएका छन् । यसअघि ५ वर्ष काम गरिसकेका पाण्डे पुनः एमालेका राजकुमार श्रेष्ठलाई हराएर नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

यस्तै मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः एमालेका अर्जुन गुरुङ निर्वाचित भएका छन् । गुरुङले कांग्रेसका लोकनाथ घिमिरेलाई पराजित गरी फेरि गाउँपालिकाको अध्यक्षको पदभार सम्हालेका हुन् ।

लमजुङको आठ स्थानीय तहमध्ये चार वटा स्थानीय तह प्रमुखमा कांग्रेस र चार स्थानीय तहमा एमाले विजयी भएको छ । लमजुङमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।


Author

थप समाचार
x