स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेणु ९ हजार १९ मतले अगाडि

इकागज |
जेठ ८, २०७९ आइतबार २३:१५ बजे

फाइल फोटो

काठमाडौँ -  चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी रेणु दाहालले फराकिलो मतान्तर बनाएकी छिन् । उनी एमालेका विजय सुवेदीभन्दा ९ हजार १९ मतले अगाडि छन् । 

उनले ४० हजार ५८९ मत पाएकी छिन, भने सुवेदीको मत ३१ हजार ५७० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मदेवार जगन्नाथ पौडेलले १३ हजार ६४ मत पाएका छन् । 


यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन् । उनले ४२ हजार ७३२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले २४ हजार ९९२ मत पाएकी छिन् । 


Author

थप समाचार
x