स्थानीय तह निर्वाचन २०७९

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेको अग्रता कायमै

इकागज |
जेठ ९, २०७९ सोमबार १८:४ बजे

काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेको छ । 

पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका टीकाराम खड्काले २२ हजार २१४ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गेहेन्द्र गिरीले २० हजार हजार ५३७ मत पाएका छन् । उनीहरूबीचको मतान्तर १ हजार ६७७ रहेको छ । 


राप्रपाका जगधनी चौधरी ६४१ मतसहित तेस्रो स्थानमा छन् । 

उपममेयरमा पनि एमालेकी स्यानी चौधरीले अग्रता लिइरहेकी छिन् । एमालेकी स्यानीले २१ हजार ७३७ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले १५ हजार ३०१ मत पाएका छन् ।

राप्रपाका प्रेमबहादुर शाह २ हजार ८८७ मतसहित तेस्रो स्थानमा छन् । 

२०७४ सालको निर्वाचनमा यस उपमहानगरकाे मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको थियो । 

दाङको अर्को उपमहानगर घोराहीको मतपरिणाम सार्वजानिक भइसकेको छ । घोराहीको मेयरमा एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् । 
 


Author

थप समाचार
x