स्थानीय तह निर्वाचन २०७९

काठमाडौँ महानगरपालिका २२ मा एमालेका महर्जन विजयी

इकागज |
जेठ १०, २०७९ मंगलबार १६:२५ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय भएका छन् । महर्जनले नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन् । 

महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरे । त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका छन् ।  महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।   


कामपामा हालसम्म एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । रासस


Author

थप समाचार
x