स्थानीय तह निर्वाचन २०७९

गृहमन्त्री खाँण र एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार ८:५३ बजे

काठमाडौं– गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मतदान गरेका छन् । उनले शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८ बाट मतदान गरेका हुन् ।

त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पनि बुटवलमा मतदान गरेका छन् । पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।



Author

थप समाचार
x