स्थानीय तह निर्वाचन २०७९

कांग्रेसलाई पछ्याउँदै एमाले, कुन दल कति स्थानमा अगाडि ?

इकागज |
बैशाख ३१, २०७९ शनिबार १०:९ बजे

काठमाडौँ - स्थानीय तह निर्वाचन अन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ । कतै मतगणना सुरु गर्ने तयारी छ । केहीमा भने अन्तिम नतिजा आइसकेको छ । 

पछिल्लो परिणाम अनुसार सबैभन्दा अगाडि कांग्रेस छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । तेस्रोमा माओवादीको अग्रता छ । 


हालसम्म प्राप्त विवरणअनुसार कांग्रेस र एमाले समान तीन ठाउँमा विजयी भएका छन् । दुई पालिकामा भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । 

तीन पालिकामा विजयी भएको कांग्रेस ९५ पालिकामा अग्र स्थानमा छ । अग्रतामा कांग्रेसलाई पछ्याइरहेको एमाले ५२ पालिकामा अगाडि देखिएको छ । 

माओवादी ३० पालिकामा अगाडी छ भने नेकपा एकीकृत समाजवादी तीन पालिकामा अग्र स्थानमा छ । 

१० पालिकामा अन्य उम्मेदवारले अग्रता बनाएका छन् । 

यस्तै उपप्रमुखमा कांग्रेस तीन पालिकामा विजयी भएको छ भने एमाले दुई ठाउँमा विजयी भएको छ । समाजवादीका उम्मेदवार एक ठाउँमा विजयी भएका छन् । 

उपमेयरमा पनि कांग्रेसले अग्रतामा लिड गरेको छ । कांग्रेस ७७ स्थानमा अग्र स्थानमा छ । एमाले ६२ र माओवादी ४३ स्थानमा अग्र स्थानमा छ । समाजवादी भने ६ पालिकामा अगाडि छ । 

 
 


Author

थप समाचार
x