ऊर्जा

नेपालमै पहिलो पटक ग्रीन हाइड्रोजन समिट हुँदै

इकागज |
असोज १०, २०७९ सोमबार २१:७ बजे

काठमाडौँ- जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूल पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलोपटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट (एनएचजीएस)’ आयोजना हुने भएको छ ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले असोज २४ र २५ गते तदनुसार अक्टुबर १० र ११ मा हरित हाइड्रोजन सम्बन्धी बृहत् सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो ।


एमआईटी ग्रूप फाउण्डेशन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समिटको आयोजना गर्न लागेका हुन् । ताहाचलस्थित होटल सोल्टी काठमाडौँमा आयोजना हुने सम्मेलनको मुख्य सार 'नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिँदै गरेका हिमालहरूका लागि एन्टीडोट' रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भन्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्‍याउने लक्ष्य सम्मेलनले लिएको छ ।

नेपालमा यसअघि यस्तो सम्मेलन भएको छैन । त्यस अर्थमा पनि यो हरित हाइड्रोजन सम्बन्धी पहिलो सम्मेलन हो । सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने उद्देश्य लिइएको छ । योसँगै नेपालमा पर्यावरणीय रूपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ ।

सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदारका प्रतिनिधि, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

प्रेस विज्ञप्ति

असोज २४ र २५ गते नेपालमै पहिलो पटक ग्रीन हाइड्रोजन समिट हुने
जलवायु परिवर्तनको असर न्यूनीकरण  तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पुर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट (एनएचजीएस)’ आयोजना हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले असोज २४ र २५ गते तदनुसार अक्टुबर १० र ११ मा हरित हाइड्रोजन सम्बन्धी बृहत सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो ।
एमआईटी ग्रूप फाउण्डेशन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समिटको आयोजना गर्न लागेका हुन् । ताहाचलस्थित होटल सोल्टी काठमाण्डौंमा आयोजना हुने सम्मेलनको मुख्य सार “नेपाल हरित हाइड्रोजन सम्मेलन : पग्लिदै गरेका हिमालहरूका लागि एन्टीडोट” रहेको छ । हरित हाइड्रोजनको उत्पादन, भन्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ ।
नेपालमा यस अघि यस्तो सम्मेलन भएको छैन । त्यस अर्थमा पनि यो हरित हाइड्रोजन सम्बन्धी पहिलो सम्मेलन हो । सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने उद्देश्य लिइएको छ । योसँगै नेपालमा पर्यावरणीय रूपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उर्जा र  खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ ।
सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदारका प्रतिनिधि, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दुतावास, अन्तराष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
सम्मेलनले मुलभूत रूपमा निम्न उद्देश्य लिएको छ ।
१. नेपालमा हरित हाइड्रोजनको उत्पादन, भन्डारण र वितरण क्षमताको अध्ययन गर्ने,
२. नेपालमा हरित अमोनियाबाट युरिया उत्पादनको सम्भावना र क्षमताको बारेमा विश्लेषण गर्ने,
३. अन्तराष्ट्रिय वक्ताहरूले हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत, प्रयोग हुने प्रविधि र ग्लोबल ट्रेन्डको बारेमा जानकारी दिने,
४. हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने,
५. दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु मैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने,
६. उर्जाको सहज प्रशारण सम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने ।

जलवायु परिवर्तनको असर न्यूनीकरण  तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पुर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रूपमा छलफल भईरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी नेपालले पर्यावरणीय समस्याहरूको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
सम्मेलनले जल विद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ । यस सम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

 


Author

थप समाचार
x