ऊर्जा

नेपाल र बंगलादेश मिलेर ६८३ मेगावाटको सुनकोसी तेस्रो बनाउने सहमति

इकागज |
जेठ २, २०८० मंगलबार २०:३० बजे

बैठकपछि हस्ताक्षर गर्दै नेपालका उर्जा मन्त्रालयका सह-सचिव मधुकुमार भेटवाल र उनका समकक्षी

काठमाडौं -  नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त विद्युत आयोजना दुबै देशको संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको छ ।

आज बंगलादेशको राजधानी ढाकामा सम्पन्न दुई देशको ऊर्जा सचिवस्तरीय पाँचौं बैठकले आगामी ६ महिनाभित्र संयुक्त उपक्रमसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने सहमति भएको बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले इकागजलाई बताए ।


उनका अनुसार नेपालको तर्फबाट नेपाल विद्युतु प्राधिकरण र बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले संयुक्त उपक्रममा लगानी गर्नेछन् ।

यसैगरी उक्त बैठकले आगामी वर्षायाममा भारतीय भूभाग हुँदै नेपालले ४० देखि ५० मेगावाट बिजुली बंगलादेशलाई निर्यात गर्न दुबै देशले पहल गर्ने भएका छन् । यसका लागि प्राधिकरण, बीपीडीबी र भारतको एनभीभीएनको त्रिपक्षीय बैठकले निर्णय गर्ने भएका छन् ।

भारतले उसको प्रणाली उपयोग गरी बंगलादेशमा नेपालको बिजुली निर्यात गर्न दिन सैद्धान्तिक सहमति जनाए पनि त्रिपक्षीय बैठक भने बोलाएको छैन । बैठकको नेतृत्व ऊर्जा सचिव दिनेश घिमिरेले गरेका थिए ।

 


Author

थप समाचार
x