ऊर्जा

यी हुन् भारतले निर्यातको अनुमति नदिएका जलविद्युत् आयोजनाहरू

इकागज |
जेठ २३, २०८० मंगलबार १७:५५ बजे

काठमाडौँ- नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने उद्घोष गरेको भारतले झन्डै दुई वर्षदेखि १८ वटा जलविद्युत् आयोजनाका १५५५.४१ सय मेगावाटको बिजुली उसको ऊर्जा विनिमयमा बिक्री गर्न अनुमति दिएको छैन ।

नेपाल विद्युत् प्राधिकरणले यी १८ वटा आयोजनाको सम्पूर्ण विवरण पठाएर भारत सरकारले तोकेको ‘डेजिग्नेटेड अथोरिटी’ को अनुमति पर्खेको धेरै समय बितिसकेको छ ।


भारत सरकारले जारी गरेको ‘सीमापार विद्युत् व्यापार निर्देशिका’ अनुसार उसले तोकेको डेजिग्नेटेड अथोरिटीले अनुमति दिएपछि मात्र उसको ऊर्जा सट्टे बजार (आईईएक्स) मा बिक्री गर्न पाउँछ ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत यात्रामा यी अड्किएका आयोजनाहरूले अनुमति पाउने अपेक्षा थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने उद्घोष गरेका थिए । दुई वर्षदेखि अनुमति नदिएको विषयमा भने भारत सरकारले अहिलेसम्म मुख खोलेको छैन ।

प्राधिकरणका अनुसार भारतको विद्युत् दलाल कम्पनी एनभीभीएनमार्फत डेजिग्नेटेड अथोरिटीको अनुमति पर्खेर बसेका आयोजनाहरू निम्न छन्:

 
 


Author

थप समाचार
x