ऊर्जा

इप्पान निर्वाचन : मल्ल समूहका उम्मेदवारहरू को-को छन् ?

इकागज |
जेठ २९, २०८० सोमबार १२:५० बजे

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आउँदो जेठ ३२ गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी किरण मल्ल समूहका उम्मेदवारहरूको घोषणा भएको छ । आइतबार मल्ल समूहले उम्मेदवारहरूको घोषणा गरेको छ ।

मल्लको समूहको वरिष्ठ उपाध्यक्ष गोरे शेर्पा, उपाध्यक्षहरू आशिष गर्ग, हिमप्रसाद पाठक, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, भरत नेपाल, भरतबहादुर खत्री रहेका छन् । 


त्यस्तै महासचिवमा बलराम खतिवडा तथा उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्त समेटिएका छन् ।

आजै अध्यक्षका प्रत्यासी गणेश कार्की समूहले पनि आफ्‍नो टीम सार्वजनिक गरेका छन् ।

र, यो पनि


Author

थप समाचार
x