उद्यम

सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आयोः अध्यक्ष ढकाल

इकागज |
भदौ १३, २०८० बुधबार १९:५० बजे

फाइल फोटो

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आएको बताएका छन् । 

बुधवार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले राज्यले बनाएको नीतिको कारण यस्तो अवस्था आएको बताएका हुन् । उनले निजी क्षेत्रले कडाई नीति नलिन भन्दा भन्दै लिएको नीतिको प्रभावको कारण सरकारले कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या आएको बताए । उनले सरकार र नियामक निकायले लिएको नीतिको कारण नै मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको बताए । उनले निजी क्षेत्रले आवाज उठाउँदा आफ्नो स्वार्थका लागि बोल्छन् भन्ने बुझाइ सरकारको रहेको उल्लेख गरे । उनले सरकारले दूरदर्शी हिसावले नीति बनाउन नसक्दा अहिले अर्थतन्त्र चलायमान हुन नसकेको बताए । 


उनले भने, ‘ मुलुकको अर्थतन्त्र ज्यादै जटिल अवस्थामा छ । सरकारको नीतिगत कारणबाट वा कोभिडको कारण वा विश्वव्यापी समस्याको कारण अथवा श्रीलंकाको डर देखाएर बनाएको नीतिको कारण अर्थतन्त्र आजको अवस्थामा आएको छ । सरकार र नियमक निकायहरुले लिने नीतिहरुमा निजी क्षेत्रले गर्न हुँदैन भन्दा भन्दै पनि आयात प्रतिवन्ध लगायत लगाउने काम भयो । त्यो बेला सरकारले निजी क्षेत्रले सधैँ व्यापारको मात्रै कुरा गर्छ । आफ्नै मात्रै कुरा गर्छ । समाजिक उतरदायित्व लिने हिसाबले कुरा गर्दैनन् । निजी क्षेत्रले आयात प्रतिवन्ध लगायतका अन्य नीतिहरु नलिन भन्दा भन्दै सरकारले लिएको नीतिको कारण सरकारले कर्मचारीहरुलाई तलब खुबाउन समेत समस्या भएको हो ।’

उनले सरकारको नीतिगत व्यवस्था,कोभिड महामारी,विश्वव्यापी समस्या र श्रीलंकाको डर देखाएर सरकारले लिएको नीतिको कारण अर्थतन्त्र अहिलको अवस्थामा आएको बताए । 


Author

थप समाचार
x