उद्यम

उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हत्तोत्साही बनायोः अध्यक्ष अग्रवाल

इकागज |
भदौ २९, २०८० शुक्रबार २०:५९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हतोत्साहीत बनाएको बताएका छन् । 

शुक्रवार परिसंघले आयोजना गरेको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायी दुःखी बनाएको बताए । उनले सरकारको नीति व्यवसायलाई सहजिकरण पर्नेमा नियन्त्रण गर्ने खालको रहेको बताए । उनले कसैले निवदेन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको गुनासो गरे । उनले पछिल्लो समय सरकारको कानूनी व्यवहारको कारण लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको बताए । उनले आम सर्वसाधरण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको बताए । उनले व्यवसायीहरु अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रुप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यस्थित गरी जमानतमा बस्न पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताए । उनले सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा रहेको भन्दै उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्न नहुने बताए । 


उनले भने, ‘नेपालको ऐन कानून व्यवसायलाई सहजिकरण पर्नेमा नियन्त्रण गर्ने खालका छन् । कसैले निवदेन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने,थुन्ने अनि मात्रै सुन्ने गरिएको छ । यसले लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको छैन । आम सर्वसाधरण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको पाएका छौं । अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिर्वाय रुप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यस्थित गरी जमानतमा राख्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ ।  सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा छन् । उद्योगीलाई थुन्ने प्रवृत्तिले लगानीकर्ता हतोत्साहित भएका छन् । उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्नुभएन । ठूलो अपराध हो भने ठिक हो । तर, जे मा पनि हतकडी लगाउँदा बजारमा नकारात्मक सन्देश गयो ।’

उनले आमजनताले सबल अर्थतन्त्रको आशा गरेको भन्दै त्यसतर्फ सरकारको ध्यान हुनुपर्ने बताए । उनले अहिले खर्च गर्ने आत्मबल घट्दा बजारमा मन्दी छाएको बताए । 


Author

थप समाचार
x