वातावरण

काठमाडौँको फोहोर राति मात्र लैजान पाउने गरी स्थानीयसँग सहमति (पत्रसहित)

इकागज |
जेठ २७, २०७९ शुक्रबार ६:१५ बजे

फाइल

काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकाको फोहोर रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौँ महानगरपालिका र नुवाकोट सिसडोलका स्थानीयबीच सहमति भएको छ । शुक्रबार राति भएको वार्ता  काठमाडौँ महानगर र सिसडोल- बन्चरेडाँडाबीच फोहोर उठाउन १९ बुँदे  सहमति भएको हाे ।

राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वडाअध्यक्षहरूको उपस्थितिमा सहमति भएको हो ।  


सहमतिपत्रको अनुसार अबदेखि दुई पक्षबीच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौँ महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने र दुई महिनाभित्रमा वैज्ञानिक व्यवस्थापन गर्ने र फोहोरबाट निस्कने लिच्चड बाटोमा ननिस्कने व्यवस्था गर्ने गरी सहमति भएको हो ।

'प्रभावित क्षेत्रमा गुणस्तर शिक्षा प्रदान गर्न महानगरपालिकाले सहयोग गर्नुपर्ने, फोहोर मैला प्रभावित क्षेत्रलाई सम्भव भएसम्म हरियालीको रुपमा विकास गर्ने, बञ्चरेडाँडा वरपरको घरटहरा क्षतिपुर्ति तीन महिनाभित्र पूरा गर्ने र प्रभावित्र क्षेत्रमा कृषि प्रवर्द्धनको कार्यक्रमहरू सञ्चालन गर्न सहयोग गर्ने' सहमति पत्रमा लेखिएको छ ।

सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह,  उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका - १ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ बलामी, ककनी गाउँपालिका - २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका - १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका - ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

 


Author

थप समाचार
x