वातावरण

कञ्चनपुरमा चितुवा मृत अवस्थामा फेला

इकागज |
माघ ७, २०८० आइतबार ७:१८ बजे

फाइल फोटो

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका-११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा आज चितुवा मृत अवस्थामा फेला परेको छ । सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले अन्दाजी एक वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको हो । 

“सामुदायिक वनमा अन्य हिंसक जनावरको आक्रमणमा परी चितुवा मरेको जस्तो देखिएको छ”, उनले भने, “चितुवाको पेटभित्रका अङ्गहरु क्षतविक्षत अवस्थामा छन् ।” सरोकारवालाहरुको उपस्थितिमा चितुवालाई खाल्डो खनेर गाडिएको उनले बताए । 



Author

थप समाचार
x