फेसन

पहिलो मिस नेपाल रुबीले ‘मिसेस नेपाल कल्चर’ छान्‍ने

इकागज |
साउन १६, २०७९ सोमबार १०:५० बजे

काठमाडौँ - ‘मिसेस नेपाल कल्चर २०२२’ आयोजना हुने भएको छ । विवाहित महिलाहरूको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामु ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने युहान इन्टरनेसनल इभेन्ट्सले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक युहानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगिताका लागि जुनै पनि उमेर समूहका विवाहित महिलाले आवेदन दिन सक्नेछन् । 


प्रथम मिस नेपाल रुबी राणा ब्रान्ड एम्बेसडर रहेको प्रतियोगिताको पहिलो अडिसन यही साउन २१ गते आयोजना हुनेछ । अडिसनबाट छानिएका प्रतियोगी विभिन्न चरणको प्रशिक्षणपछि फाइनलमा उत्रिनेछन् ।

मौलिक संस्कृति, जातीय परिचय, साँस्कृतिक विविधताले राष्ट्रिय परिचयको गर्विलो आधार सृजना गर्ने कुरालाई मनन गरी आधुनिक परिवेशमा पनि साँस्कृतिक मूल्य , मान्यता, मौलिक परिचयको महत्वलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य ‘मिसेस नेपाल कलल्चर’ को अवधारणा ल्याइको आयोजक युहानका निर्देशक सानु खानले बताए ।

‘विवाह संस्कार नेपाली साँस्कृतिक परिचयको अझ सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा रहेको छ । यही परिचयमा अगाडि बढेका विवाहित महिलालाई ‘मिसेस  नेपाल कल्चर’ को साँस्कृतिक अभियानको रुपमा प्रस्तुत गर्न खोजएको हो’ खानले थपे । प्रतियोगिताका विजेताले शीर्ष उपाधि, दुई लाख बराबरको उपहारको अलावा विभिन्न अवसर प्राप्त गर्नेछन् । 


Author

थप समाचार
x