फेसन

टेन एक्स क्लबमा 'फेसन गाला नाइट' हुँदै

इकागज |
चैत ६, २०७९ सोमबार १६:२२ बजे

काठमाडौँ- फेसनमा सिजर्नात्मकताको खोजी गर्दै ठमेलमा ‘फेसन गाला नाइट २०२३’  हुने भएको छ । आगामी शनिबार चैत ११ गते ( मार्च २५) ठमेलस्थित टेन एक्स क्लबमा ‘फेसन गाला नाइट’ शो हुने भएको हो ।

फेसन राष्ट्रिय नेपाल र टेन एक्स क्लबको संयुक्त आयोजना फेसन गाला हुने आयोजकले जनाएका छन् । फेसन सो साँझ ७ बजेदेखि ९ बजेसम्म हुने छ ।


नेपाली फेशन उद्योगमा योगदान पुर्‍याएका १० जना उत्कृष्ट व्यक्तिलाई सम्मान गरिने एफएनएनका निर्देशक शेखरराज कँसजुले जानकारी दिए । फेसनकै विभिन्न क्षेत्रमा लामो समयसम्म योगदान गरेकालाई सम्मान गरी थप हौसला प्रदान गरिने उनले बताए ।

फेसन फिल्म शोकेस अन्तर्गत फेसन सँग सम्बन्धित भिडियो प्रस्तुती हुनेछ । ‘फेसनसँग सम्बन्धी डिजाइन, ब्राण्ड र बुटिकको भिडियो बनाएकाले उक्त दिन निःशुल्क भिडियो देखाइनेछ,’ उनले भने,’ आफ्नो फेसनका कम्पनी र आफ्ना डिजाइनको प्रचारप्रसारसमेत गर्न पाउनेछन् ।‘

टेन एक्स क्लबलाई फेसन हब बनाउने तयारी गरिरहेको निर्देशक कँसजुले बताए । ‘क्लबलाई फेसन हब बनाउनलाई विशेष सम्झौता गरिन्छ । क्लब मार्फत फेशनका प्रोजेक्टहरूलाई बढाउँदै लगिन्छ,’ उनले अगाडि थपे ।

गाला फेसनको साँझ एफएनएनले नयाँ प्रोजेक्ट गर्ने इभेन्टहरू सार्वजनिक गरिने उनको भनाइ छ । ‘चाँडै समर फेसन थिम पार्टी गरिने सोचाइ राखेका छौ । उक्त इभेन्टको मिति पनि सार्वजनिक गरिनेछ, ‘ उनले सुनाए ।

 


Author

थप समाचार
x