फेसन

निशु शाहलाई ‘मिस ग्रान्ड नेपाल’को ताज

इकागज |
मंसिर १३, २०७८ सोमबार १४:४८ बजे

काठमाडौँ - मिस ग्रान्ड नेपाल २०२१को ताज बन्दि सहायता केन्द्रकी  निशु कुमारी साहले जितेकी छन् । उनले थप दुई विधामा पनि अवार्ड जितेकी थिइन् । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ५ जना सुन्दरीहरूले ताज लगाएका हुन् । 

निर्णायकहरू राजभाइ सुवाल , जयन  सुब्बा मानन्धर , सरोज प्याकुरेल , दीपक घिमिरे र रोस्ना बस्नेतको निर्णयका आधारमा मिस ग्रान्ड नेपालको फरक फरक विधामा ५ सुन्दरीले ताज जितेका हुन । मिस ग्रान्ड नेपाल २०२१ का सबै विजेताहरूले  नगद रु ५० हजारका साथै ५० हजार बराबरको सुनको थान्का गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । योबाहेक विजेता युवतीले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्नुका अलावा पाँचै विजताले ग्रान्ड इन्टरनेसनल प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।


मिस ग्रान्ड नेपाल २०२१ मा रोजिन शाक्यको कोरियोग्राफी ,रोजिना सुवालको मेकअप ,हिर्देश अर्यालको फोटोग्राफी र राम श्रेष्ठ को भिडियोग्राफी रहेको थियो । 
कार्यक्रममा काठमाडौकी सुर्जिना श्रेष्ठ  मिस  टुरिजम नेपाल , हेटौंडाकी मनिषा छिनाल  मिस ल्यान्डस्केपस नेपाल,  झापाकी बबिता आचार्य मिस स्कुवा नेपाल ,
 पोखराकी प्रमिला विश्वकर्मा मिस मल्टिनेसनल नेपाल घोषित भएका थिए ।  

१५६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनीहरू उपाधि जित्न सफल भएका हुन् ।    आर.के. इन्टरटेन्मेन्ट ग्रुपले  मिस ग्रान्ड नेपालमार्फत बर्सेनी देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल , मिस स्कुवा इन्टरनेसनल , मिस ल्यान्डस्केप इन्टरनेसनल  मिस मल्टिनेसनल प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षदेखि अर्को एउटा ताजसमेत थप गरी ५  जना सुन्दरीलाई इन्टरनेसनलमा भिड्न पठाउन लागेको हो । 

अन्य टाइटल विजेता सुन्दरीहरू ः
मिस इनोसेन्ट – यशोदा रेग्मी 
मिस एक्टिभ्स – ममता बूढा क्षेत्रि  
मिस स्पोन्टेनियस – मनिषा  छिनाल 
मिस बेस्ट फिगर – ममता मल्ल  
मिस पर्सनालिटी – वर्षा राणा  
मिस फोटोजेनिक – सपना कार्की 
मिस बेस्ट वाक – प्रमिला विश्वकर्मा  
मिस मल्टिमिडिया – वविता आचार्य 
मिस बेस्ट स्पिच – सोनाली सापकोटा 
मिस इन्टेलुक्च्युल – निशु शाह 
मिस कोन्जेनियालिटी – निशु कुमारी शाह 
मिस ट्यालेन्ट – वविता आचार्य 
मिस हार्ड वोर्किङ – सोना कुमारी यादव  
मिस फ्रेन्डली – अन्जली थापा– 
मिस बेस्ट हेयर – अस्मिता तामाङ 
मिस ग्ल्यामर – ममता बुढा क्षेत्रि 
मिस बेस्ट स्माइल – डिम्पल खरेल –
 मिस बेस्ट स्किन – सुर्जिना श्रेष्ठ 
– मिस कन्फिडेन्ट – सोनाली सापकोटा


Author

थप समाचार
x