जात्रा-पर्व

भक्तपुरका किसान परिवारले गरे दिगु पूजा

इकागज |
बैशाख १४, २०८० बिहीबार १४:२४ बजे

काठमाडौँ- भक्तपुरमा बिहीबार दिगु (देवाली) पूजा गरिएको छ । भक्तपुरका अधिकांश किसान परिवारले उक्त पूजा गरेका हुन् ।

पूजामा बोकाको बलि दिने गरिन्छ । स्थानीय केशव कासुलाले दिगु पूजाका अवसरमा कूल परिवारका प्रायः सबै जना जमघट हुने र पूजाआजा गरिसकेपछि सोही स्थानमा प्रसाद खाने प्रचलन रहेको बताए ।


दिगु पूजामा बेलविवाह गरेका छोरीलाई सजाएर पूजा गर्ने चलन रहेको संस्कृतिविद्हरूको भनाइ छ ।

भक्तपुरमा तःपुखु (सिद्धपोखरी), रानीपोखरी, चोंगागणेश, कमलविनायकलगायत ठाउँमा दिगु द्यः (देवाली देउता) रहेको स्थानीयहरूको भनाइ छ । 


Author

थप समाचार
x