जात्रा-पर्व

पाटन र वसन्तपुरमा कृष्णभक्त (फोटो फिचर)

इकागज |
भदौ २०, २०८० बुधबार ११:९ बजे

तस्बिर : अनुज बज्रचार्य/इकागज

काठमाडौँ- आज श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 

पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ । 


ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदैछ । 

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो । पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन् ।

पाटन र वसन्तपुर हनुमान ढोका कृष्ण मन्दिरमा पुगेर इकागजकर्मी अनुज बज्राचार्यले तस्बिर लिएका छन् ।


Author

थप समाचार
x