जात्रा-पर्व

भक्तपुरमा आरती बालेर नगर परिक्रमा (फाेटाेफिचर)

अनुज बज्राचार्य |
भदौ २०, २०८० बुधबार १९:२९ बजे

काठमाडाैं । कृष्ण जन्माअष्ठमी तथा गाईजात्राको अवसरमाभक्तजनहरु वाकुपती नारायण आरतीमा सहभागी भएका छन् ।

सूर्यमढीस्थित वाकुपती नारायण मन्दिरबाट आरती सुरुभई दत्तात्रय मन्दिर, शुकुलढोका, गोल्मढी, भक्तपुर दरबार परिसर हुँदै घिन्ताङघिसी मार्ग हुँदै नगर परिक्रमा गर्ने चलन छ ।  यो भक्तपुर नगरकै सबैभन्दा ठूलो आरती हो ।


बालकदेखि युवासम्मले शिर, हात र काँधमा बत्ती बालेर नगरवासीलाई वाकुपती नारायणको आरती दर्शन गराइन्छ । आरती लगाउने बेला महिलाहरु सांकृतिक भेषभुषा हाकुपटासी लगाएर हातमा सुकुन्डा लिएर नगर परिक्रमा गर्छन् । भक्तपुरमा मानाइने बिस्केट जात्रा, गाईजात्रा जस्तै यो पर्व पनि नगरवासीको अभिन्न अंग बनेको धौभडेलको भनाइ छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x