जात्रा-पर्व

होटल एभरेष्टमा 'म्याड वल्फ होली फेस्टिभल' हुँदै

इकागज |
चैत ६, २०८० मंगलबार १७:२५ बजे

काठमाडौँ- यस वर्षको होलीमा होटल एभरेष्टमा ‘म्याड वल्फ होली फेस्टिभल’ हुने भएको छ । केटीएम लाइभ इन्टरटेनमेन्टको आयोजनामा बानेश्वरस्थित होटल एभरेष्टमा म्याड वल्ड होली फेस्टिभल हुने भएको छ ।

यो वर्षको होली आगामी चैत ११ गते रहेको छ । सहभागीले होली फेस्टिभलमा रंग खेल्न टिकट काट्नुपर्ने आयोजकले जनाएको छ । कार्यक्रम ११ बजेबाट सुरु हुनेछ ।


डिजे कलाकारहरूमा कुश, डिजे मार्टी, मनिष, डिजे फिन्जोक, डिजे नोर्छेन, डिजे अनिष, डिजे बिकी कुल, डिजे र्‍याबिट, डेभिड ल्हो, वोङ्फे र डिजे पाल्तेनको लगायत सहभागिता रहनेछ । त्यसैगरी कार्यक्रम सञ्चालनका लागि सञ्जय सिलवाल गुप्ता, रविन श्रेष्ठ र रक्षा उप्रेतीको उपस्थिति रहनेछ ।

सहभागीले खल्ती एपबाट टिकट लिनुपर्ने बताइएको छ । प्रवेश शूल्क १ हजार ५ सय रहेको छ । सहभागीले १५ सयको टिकटमा कलर बम पाउने छन् ।

फेस्टिभलमा फुड र भेपको स्टल रहने पनि बताइएको छ । इभेन्टको मुख्य सहयोगी पार्टनर रुस्लान भोड्का, काला पत्थर, विनायक फेब्रिकेसन, मिउमिउ, खल्ती एप र आइएसएस रहेका छन् ।


Author

थप समाचार
x