जात्रा-पर्व

पश्‍चिम नेपालका थारुले मनाए अष्टिम्की पर्व

इकागज |
भदौ १४, २०७८ सोमबार २१:३० बजे

कैलाली - पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका मानिसहरूले अष्टिम्की पर्व मनाएका छन । दुई दिनसम्म मनाइने यो पर्वको आज पहिलो दिन महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक पूजाआजा गरिसकेपछि मात्रै पानी र फलफूल खाने गर्दछन् । 

अष्टिम्की पर्वमा महिलाहरू आफ्नो श्रीमानको दीर्घयुको कामना गर्दछन् भने अविवाहित युवतीहरूले राम्रो बर पाउनका लागि निराहार व्रत बस्‍ने गरेको थारु अगुवा प्रभात चौधरीले बताए । 


अष्टिम्की पर्वमा व्रत बसेमा मनोकामना पूरा हुने र सुख, शान्ति, समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको बताउदै अगुवा चौधरीले भोलिपल्ट विवाहित छोरीचेलीलाई ‘अग्रसान’ उपहार दिने चलन रहेको बताए ।


Author

थप समाचार
x