अर्थ / बाणिज्य

बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड ९२ लाख (पूर्णपाठ)

सरिता दाहाल |
असार १, २०७९ बुधबार १८:४४ बजे

मकवानपुर - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट प्रस्ताव गरिएको छ । बुधबार प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेलले उक्त बजेट प्रस्तुत गरेका हुन् । आगामी वर्षको कार्यक्रम कार्यान्वयन गर्न ७० अर्ब ९३ करोड ९२ लाख बजेट विनियोजन गरेका हुन् । कूल विनियोजन मध्ये चालूतर्फ १९ अर्ब ०२ करोड ४१ लाख, पुँजीगत तर्फ  ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरण तर्फ  ८ अर्व ३५ करोड २७ लाख र वित्तीय व्यवस्था तर्फ २ अर्ब विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालूतर्फ २७ प्रतिशत, पुँजीगत तर्फ ५८.५८ प्रतिशत, वित्तीय हस्तान्तरण तर्फ ११.७७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २.८१ प्रतिशत रहेको छ । 

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २६ अर्व ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्व २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख र चालूआर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट  १६ अर्ब ६७ करोड ५० लाख व्यहोरिनेछ ।
प्रदेश सरकारले सस्तो लोकप्रियताको लागि महत्वाकांक्षी बजेट ल्याएको विश्लेषकहरुले प्रतिक्रिया दिएका छन् । बजेटमा केही नयाँ कार्यक्रम ल्याएको छ भने अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।


प्रदेशको गठबन्धन सरकारले प्रदेशमा नमुना समाजवादी कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष  २०७९/८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जम्कट्टेलले नमुना समाजवादी कार्यक्रमको लागि २५ करोड बजेट विनियोजन गरिएको बताए । प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रम गर्ने गरी बजेटमा सम्बोधन गरिएको छ ।  आगामी आर्थिक वर्षलाई घुमफिर वर्षको रुपमा मनाइने र यसको लागि नयाँ पर्यटकीय क्षेत्रको खोज, प्रवद्धन गरिने भएको छ । प्रदेश सरकारले आन्तरीक पर्यटन प्रबर्द्धनको लागि घुमफिर वर्षको रुपमा मनाइने भएको हो । प्रदेश भित्रको पर्यटकीय गन्तव्यहरुमा साइकल लेनदेखि निशुल्क इन्टरनेट सुविधाको व्यवस्था गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ । यसको लागि दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गर्न १५ करोड बजेट विनियोजन गरिएको बताए । प्रदेश सकारले कृषि क्षेत्रको विकास कार्यक्रम पनि बजेटमा समेटेको छ ।  किसानलाई दुधमा दिने अनुदान कार्यक्रमलाई निरन्तता दिने भएको छ ।  किसानलाई दुधमा प्रतिलिटर २ रुपैयाँ दिने अनुदान कार्यक्रमलाई निरन्तरता र उक्त रकम बैंक खातामा जम्मा गरिदिन व्यवस्था गरिने बताए । यसैगरी हेटौंडामा निर्माणधिन दुग्ध पाउडर प्लान्ट आगामी आवबाट सञ्चालनमा ल्याउने भएको छ ।

बागमती प्रदेश सरकारले प्रदेशभरका १० हजार युवालाई स्वरोजगार बनाउन मुख्यमन्त्री सिप विकास कार्यक्रम गर्ने भएको छ । यसको लागि १५ करोड बजेट विनियोजन गरिएको अर्थ मन्त्री जमकट्टेलले बताए । बागमती प्रदेश सरकारले प्रदेश भित्रका ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन गरेको छ ।

पेट्रोलको खपत घटाउन विद्युतिय उपस्थितिमा कार्यक्रम गर्न प्रोत्साहन गर्ने तथा सवारी साधन खरिद कार्यलाई निरुत्साहन गरिने प्रदेश सरकारले जनाएको छ ।
नागरिकको स्वास्थ्यको लागि प्रदेशको सबै जिल्लामा कार्यक्रमहरु सञ्चालन गर्न बजेट प्रस्ताव गरिएको छ । यस अन्तरगत किशोरीहरूको स्वास्थ्य परीक्षणदेखि जटील प्रकृतिको रोग उपचारमा अनुदानसम्मको कार्यक्रमहरु रहेको छन् ।

 


Author

थप समाचार
x