अर्थ / बाणिज्य

सीता हाइड्रोको गाडी अपहरण गर्नेलाई कारबाही गर्न इपानको माग

इकागज |
बैशाख १६, २०७८ बिहीबार १३:५३ बजे

काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले न्यासिम खोला जलविद्युत् आयोजना (३५ मेगावाट) को गाडी अपहरणमा संलग्नलाई तत्काल कारबाही गर्न सरकारसमक्ष माग गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सीता हाईड्रो पावर कम्पनी प्रा. लि.ले निर्माण गर्न लागेको न्यासिम खोला जलविद्यतु आयोजनातर्फ गत वैशाख ८ गते तीनवटा मोटरसाइकालमा आएका अज्ञात समूहले अपहरण गरी कर्मचारीहरुलाई तीन किलोमिटर पर छाडेर गाडी लिई फरार भएको थियो ।

इपानले विज्ञप्ति जारी गरी उक्त घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल यस घटनाको छानबिन गरी दोषीउपर कारबाहीको जोडदार माग गरेको छ । विगतमा पनि जलविद्यतु आयोजनालाई लक्ष्यित गरी यस्ता थुप्रै घटना भइसकेका र हालसम्म पनि भइरहेकाले तिनलाई  निरुत्साहित गर्ने कुनै पनि संयन्त्र निर्माण नभएको इपानले जनाएको छ । ‘यस्ता कार्यहरुले ऊर्जा क्षेत्रमा नकारात्मक प्रभाव पर्ने र स्वदेशी तथा विदेशी लगानीलाई निरुत्साहित तुल्याई नेपाल सरकारको दस वर्षमा १५ हजार मेगावाटको लक्ष्य पुरा नहुने निश्चित देखिन्छ,’ विज्ञप्तिमा छ । 


निश्चित समयपश्चात जलविद्युत आयोजनाहरु नेपाल सरकारमा स्वतः हस्तान्तरण हुने र जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युतले मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा टेवा पु¥याउने हुनाले लगानीको सुनिश्चतताका लागि तत्काल संयन्त्रको आवश्यक रहेको इपानले जनाएको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभूतिका लागि समेत जोडदार माग गर्दछौं,’ इपानले भनेको छ ।  


Author

थप समाचार
x